विश्व कपमा अफगानिस्तानको खराब प्रदर्शनपछि कप्तान गुलबदिन नइबलाई कप्तान पदबाट निस्कासित गरिएको छ।
इंग्ल्यान्ड र वेल्समा आयोजना भएको १२ औं संस्करणको विश्व कपमा अफगानिस्तान नइबको कप्तानीमा उत्रिँएको थियो।
अफगानिस्तानले प्रतियोगिताको कुनै खेल जितेन। अफगानिस्तानको खराब प्रदर्शनका कारण कप्तान नइबलाई हटाएर राशिद खानलाई जिम्मेवारी सुम्पिएको छ।
विश्व कपमा राशिदको प्रदर्शन पनि राम्रो थिएन। तर, उनी विश्वस्तरीय खेलाडी हुन्। असगर अफगानलाई उपकप्तानको भूमिका दिइएको छ।