जुम्ला रारा अल्ट्रा म्याराथनको प्रमोसनल रेस हुँदै

बिएल

भदौ २९ गते हुने जुम्ला रारा दोस्रो अल्ट्रा म्याराथन प्रतियोगिताको प्रचारप्रसारको लागि प्रमोसनल रेस हुने भएको छ । कर्णाली स्पोर्ट क्लबले हरेक वर्ष आयोजना गर्ने जुम्ला रारा अल्ट्रा म्याराथन देशका ५ ठूला प्रतियोगिता मध्येमा पर्छ।

देशभरिका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगितामा भाग लिएका खेलाडीको सहभागिता रहने अल्ट्रा म्याराथनको प्रचारप्रसारको लागि प्रमोशनल रेस आयोजना गर्न लागिएको क्लबका अध्यक्ष सरोज शाहीले जानकारी दिए ।

जुम्ला बजारलाई शून्य विन्दु मानेर रारासम्म को ४९ किलोमिटर दुरिमा हुने प्रतियोगिताको दोस्रो संस्करणको तयारी भैरहेको छ । यहि असार २९ गते हुने प्रमोसनल रेस जुम्ला बजारबाट सुरु भएर कोटेसाँगुसम्म पाँच किलोमिटर दुरिमा सम्पन्न हुनेछ ।

प्रकाशित मिति: : 2019-07-12 22:17:05

प्रतिकृया दिनुहोस्