स्पेनको चर्चित क्लब बार्सिलोना आफ्नो पूर्व स्टार नेइमारलाई क्लब भित्र्याउन जतिसुकै मोल तिर्न लालायित देखिएको छ। यसको लागि बार्सिलोनाले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) समक्ष ‘स्वाप डिल’ अन्तर्गत प्रस्ताव अगाडि सारेको छ।
बार्सिलोनाले ११ करोड ५० लाख अमेरिकी डलर र ६ खेलाडीमध्येबाट २ जना पिएसजीलाई दिन राजी रहेको बताएको छ।
बार्सिलोनको यो प्रस्तावलाई फुटबल इतिहासको सबैभन्दा ठूलो ‘डिल’ को रुपमा हेरिएको छ। बार्सिलोनाले बिहिबार आधिकारीक रुपमा पिएसजीसँग प्रस्ताव राखेको हो।
नेइमारले गत महिना मात्र पिएसजी छोड्ने बताएका थिए। ब्राजिलका २७ वर्षीय स्ट्राइकर २०१७ मा बार्सिलोनाबाटै पिएसजीमा आवद्ध भएका थिए।
फुटबलमा कुनै खेलाडीलाई अनुबन्धित गर्दा क्लबका अन्य खेलाडीसहित पैसाको अफर गर्नुलाई ‘स्वाप डिल’ भनिन्छ।