धोनी वेष्ट इन्डिज नजाने, आर्मीको ट्रेनिङ गर्ने

Indian Express

भारतका विकेटकिपर कप्तान महेन्द्रसिंह धोनी वेष्ट इन्डिजको अघिल्लो भ्रमणमा टोलीमा समावेश नहुने भएका छन्।

धोनी दुई महिना क्रिकेटबाट बाहिर रहने भारतीय क्रिकेट बोर्ड (बिसिसीआई) ले शनिबार जानकारी दिएको छ।

उनी भारतीय सेनालाई समय दिनुपर्ने भएका कारण दुई महिना छुट्टीमा बस्न लागेका हुन्।

धोनी भारतीय सेनाको प्यारामिलिट्री रेजिमेन्टमा समावेश हुँदैछन्। भारतीय टिमले वेष्ट इन्डिजको भ्रमण ३ अगस्टदेखि सुरु गर्दैछ। बिसिसीआईले टिमको छनोट २१ जुलाईमा गर्दैछ।

धोनीका नजिकका साथी पूर्व रणजी खेलाडी मिहिर दिवाकरले यसअघि नै धोनीले आर्मीलाई समय दिनुपर्ने भएका कारण वेष्ट इन्डिज भ्रमण नगर्ने बताइसकेका थिए।

धोनीले आइतबार बस्ने छनोट समितिको बैठक अगाडि नै बिसिसीआईलाई यसको जानकारी गराइसकेका छन्।

उनले कप्तान विराट कोहलीलाई पनि यसको जानकारी दिइसकेका छन्। बिसिसीआईले धोनीको तत्काल सन्यास लिने कुनै योजना नभएको बताएको छ।

धोनीले आफ्नो कप्तानीमा २०११ को विश्व कप जिताएपछि उनलाई भारतीय आर्मीले लेफ्टिनेन्ट कर्णेलको पदवी दिएको छ।

गत साता सम्पन्न विश्व कपको सेमिफाइनलमा न्युजिल्यान्डविरूद्ध खेल जिताउन नसकेको भन्दै उनको आलोचना भएको थियो। उनले त्यो खेलमा अर्धसतक बनाएका थिए।

प्रकाशित मिति: : 2019-07-20 21:29:19

प्रतिकृया दिनुहोस्