नेपाललाई दोस्रो सफलता, करनले लिए विकेट

नेपालका लागि करन केसीले दोस्रो सफलता दिलाएका छन्। उनले कमरान खानलाई सन्दीप लामिछानेको हातबाट क्याच आउट गराए।

१५ बलमा २ छक्का र २ चौका प्रहार गर्दै खतरनाक बनेका कमरानले २२ रन बनाए।

कतारले ४ दशमलव १ ओभरमा ३८ रन बनाएको छ। यसअघि नेपालका स्टार स्पिनर सन्दीप लामिछानेले पहिलो सफलता दिलाएका थिए।

नेपालले पहिलो इनिङमा १ सय २२ रन बनाएको थियो।

 

प्रकाशित मिति: : 2019-07-23 09:47:03

प्रतिकृया दिनुहोस्