नेपालले लियो हङकङसँग बदला : पारस डकआउट, करण र विनोदले जिताए म्याच

पारस डकआउट भ पनि करण र विनोदले खोले जीतको खाता । तस्बिर : एजेन्सी

नेपालले ओमानमा जारी पाँच राष्ट्र सहभागी टि–ट्वान्टी क्रिकेट सिरिजअन्तर्गत आफ्नो पहिलो खेल जितका साथ सुरू गरेको छ । 

हङकङलाई चार विकेटले पराजित गर्दै चार वर्षअघिको हारको बदला लिएको छ । 

अल अम्रेट क्रिकेट मैदानमा भएको खेलमा नेपालले पाएको १ सय २६ रनको सामान्य लक्ष्य नेपालले पनि ६  विकेट गुमाएरै १९औं ओभरमा हासिल गर्यो । 

यो पनि पढ्नुहोस् 

नेपालकाे अगाडि हङकङसँग ४ वर्षअघिकाे बदला लिने अवसर

ओमानमा नेपाली युवा क्रिकेटरकाे अग्नी परीक्षा, आजबाट प्रतियाेगिता सुरु

नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिला व्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १२५ रन मात्र जोड्न सक्यो ।  

हङकङलाई सस्तैमा समेट्न नेपालका करण केसीले चार विकेट लिएका थिए ।  

हङकङका लागि बार्कटले ३७, शाहले ३१, निखानले २३ रअब्बासीले १३ बनाए पनि अरूले खासै रन जोड् सकेनन् ।

नेपालका विनोद भण्डारीले ४८ बलको सामना गर्दै  ५८ रन बनाए । आरिफले २१, सोमपालले १३ र पवनले  १० रन जोडे भने अरू सस्तैमा समेटिए । क्याप्टेन पारस खड्का डकआउट भएका थिए । 

 

प्रकाशित मिति: : 2019-10-07 05:04:21

प्रतिकृया दिनुहोस्