साफ यू–१५ महिला च्याम्पियनसिप: नेपालले आज बंगलादेशसंग प्रतिस्पर्धा गर्दै

फाइल तस्बिर

साफ यू–१५ महिला च्याम्पियनसिपमा नेपालले आज (शुक्रबार) बंगलादेशसंग प्रतिस्पर्धा गर्दैछ ।भुटानको थिम्पुमा हुने खेल स्थानिय समय अनुसार दिउँसो ३ बजे सरु हुनेछ ।

प्रतियोगिताको फाईनल पुग्न नेपाललाई बंगलादेशविरुद्वको खेल जित्नैपर्ने दबाब छ । नेपाल यसअघिको खेलमा भारतसँग ४–१ को गोल अन्तरले पराजित भएको थियो । अर्कोतर्फ बंगलादेशले भुटानलाई २–० ले पराजित गर्दै सुखद सुरुवात गरेको थियो।

आजै हुने अर्को खेलमा भारतले भुटानसंग खेल्नेछ ।भारत र बंगलादेश दोस्रो खेलमा जित निकाल्दै फाईनल यात्रा तय गर्न चाहन्छन् ।

राउण्ड रोबिन लिगका शीर्ष दुई टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।प्रतियोगिताको पहिलो संस्करण बंगलादेश र दोस्रो भारतले जितेको थियो ।

प्रकाशित मिति: : 2019-10-11 11:44:43

प्रतिकृया दिनुहोस्