फातीले युरो कप २०२० मा स्पेनको प्रतिनिधित्व गर्ने

तस्बिरः एजेन्सी

बार्सिलोनाका १७ बर्षिय खेलाडी अंसु फाती स्पेन खेल्न पाउने भएका छन् । फिफाले फातीलाई स्पेनबाट खेल्न अनुमति दिएसँगै अब उनी छिट्टै स्पेनको राष्ट्रिय टिमबाट खेल्न बाटो खुलेको हो ।

फातीले गत महिना मात्र स्पेनको नागरिकता लिएका थिए ।फाती गुइनी बिसाउका अलावा स्पेन र पोर्चुगलबाट आफ्नो अन्तर्राष्ट्रिय फुटबल खेल्न पाउने थिए तर उनले स्पेनलाई रोजेका छन् । ६ बर्षको उमेरदेखि स्पेनमै बसेका फाती सेभिल्ला र बार्सिलोना एकेडेमीका खेलाडी हुन् ।

स्पेनमा उनी १० बर्षदेखी बसिरहेकाले उनले सजिलै स्पेनको नागरिकता पाएका हुन् । स्पेनले फातीलाई शुरुमा अन्डर १७ विश्वकप खेल्ने खेलाडी सुचिमा नाम समावेश गर्ने प्रयास गरेपनि कागजी प्रक्रियामा ढिलो भएका कारण नाम भने समावेश गर्न असफल भएको छ । फातीले अन्डर १७ विश्वकपमा भने स्पेनको प्रतिनिधित्व गर्न नपाउने भएका छन् ।

फाती अन्डर १७ विश्वकप टिममा नरहेपनि उनलाई स्पेनिस टिमसँगै लगिने स्पेनिस मिडियाले उल्लेख गरेका छन् ।

त्यस्तै फाती पोर्चुगलबाट समेत खेल्न सक्ने बताइएको थियो । गुइनी बिसाउ कुनै बेला पोर्चुगलको क्लोनीको रुपमा रहेको थियो । तर उनले स्पेनको नागरिकता लिएसँगै अब यो सम्भावना भने सकिएको छ ।

अब स्पेनबाट खेल्ने प्रक्रिया पुरा भएका कारण उनले अर्को बर्ष हुने युरो कपमा स्पेनको प्रतिनिधित्व गर्ने बताइएको छ ।

प्रकाशित मिति: : 2019-10-11 14:27:56

प्रतिकृया दिनुहोस्