विराटले भंग गरे धोनीको कीर्तिमान, लगातार ७ टेस्टमा जीत

फाइल तस्बिर

विराट कोहली लगातार सात टेस्ट जित्ने भारतीय क्रिकेट कप्तान बन्न सफल भएका छन्।

आइतबार कोलकातामा सम्पन्न ‘डे–नाइट’ टेस्टमा बंगलादेशलाई इनिङ र ४६ रनले पराजित गरेपछि विराटले यो कीर्तिमान आफ्नो नाममा लेखाएका हुन्। सन् २०१३ मा महेन्द्रसिंह धोनीले आफ्नो कप्तानीमा भारतलाई लगातार ६ वटा टेस्ट जिताएका थिए।

बंगलादेशविरूद्ध ‘पिंक बल’ ले खेलिएको पहिलो टेस्टमा विराटले १ सय ३६ रनको उत्कृष्ट इनिङ पनि खेलेका थिए। उनको टेस्टमा ७० औं सतक थियो।

कोहलीको कप्तानीमा भारतले ५३ टेस्टमध्ये ३३ मा जित निकालेको छ। उनी अस्ट्रेलियाका पूर्व कप्तान एलन बोर्डरभन्दा सफल देखिएका छन्। बोर्डरले ९३ टेस्टमा ३२ जित दिलाएका थिए।

दक्षिण अफ्रिकाका पूर्व कप्तान ग्रीम स्मिथ ५३ टेस्ट जितेर सबैभन्दा सफल कप्तानमा दरिएका छन्।

अस्ट्रेलियाका रिकी पोन्टिङले आफ्नो कप्तानीमा ४८ टेस्ट जिताएका थिए।

अस्ट्रेलियाकै स्टिभ वाँले ४१ टेस्टमा जित दिलाएका थिए। वेष्ट इन्डिजका क्लाइभ लोयडले ३६ टेस्ट कप्तानको रुपमा जिताएका छन्।

प्रकाशित मिति: : 2019-11-24 21:03:52

प्रतिकृया दिनुहोस्