चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण अन्त्यन्तै सफल भयो– मन्त्री बास्कोटा (भिडियोसहित)

बिएल

संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण अन्त्यन्तै सफल र सार्थक भएको बताएका छन्। सञ्चार केन्द्रले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले नेपालको बिकासका लागी चीनका राष्ट्रपतिको भ्रमण महत्वपूर्ण रहेको पनि बताए। उनले दुईदेशबीचको राजनीतिक नेतृत्वमा विश्वासको वातावरण निर्माण भएको दावी गरे। आर्थिक बिकाससंग लक्षित दिर्घकालीन साझेदारी दुईदेशबीच तय भएको बास्कोटाको भनाई छ।

बाँस्कोटाले नेपाल भूपरिवेष्ठितबाट भूजडित तर्फ लैजान चीनले हौसला प्रदान गरेको जिकिर गरे। चीनिया राष्ट्रपतिको भ्रमणमा भएका समझदारी नेपालको बिकासका लागी कोशेढुङ्गा हुने उनले बताए। उनले सडक सञ्जाल, रेलवे, हवाई, संचार उर्जा यी सब कुराले समृद्ध राष्टहरुबाट छिमेकीले पाउने लाभको हिस्सा पनि पाउने अनुभूति भएको जिकिर गरे। चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा नेपाली जनताले दिएको साथ र सहयोग सदैव स्मरणीय रहने बास्कोटाले बताए।

 

प्रकाशित मिति: : 2019-10-15 19:17:58

प्रतिकृया दिनुहोस्