गौरिकाले जितिन् दोस्रो स्वर्ण, बन्यो राष्ट्रिय कीर्तिमान

तस्बिरः बिएल नेपाली सेवा

गौरिका सिंहले आफ्नै राष्ट्रिय कीर्तिमानमा सुधार गर्दै नेपाललाई दोस्रो स्वर्ण पदक दिलाएकी छिन्। उनले २ सय मिटर ब्याकस्ट्रोक २ मिनेट १७ दशमलव ७३ सेकेन्डमा पुरा गर्दै नेपाललाई अर्को स्वर्ण दिलाइन्।

शुक्रबार सातदोबाटोस्थित पौडी पोखरीमा भएको १३ औं सागअन्तर्गत २ सय मिटर ब्याकस्ट्रोक तर्फको खेलमा उनले भारतीय खेलाडी प्रितिराजीलाई पछि पारिन्। प्रितिले २ मिनेट १९ सेकेन्डमा दुरी पुरा गरेकी थिइन।

गौरिकाको नाममा यसअघि २ सय मिटर ब्याकस्ट्रोकको राष्ट्रिय कीर्तिमान थियो। उनले २ मिनेट २६ दशमलव ९३ सेकेन्डको कीर्तिमान बनाएकी थिइन।

प्रकाशित मिति: : 2019-12-06 17:31:31

प्रतिकृया दिनुहोस्