टेनिसमा प्रेरणा कोइरालालाई ऐतिहासिक तीन कास्य

तस्बिरः बिएल नेपाली सेवा

प्रेरणा कोइरालाले नेपाललाई ऐतिहासिक पदक दिलाएकी छिन्। उनले टेनिसतर्फ महिला एकल, मिक्स डबल्स र महिला डबल्समा गरी तीन वटा कास्य एकै पल्ट जित्न सफल भइन्। प्रेरणा साग गेम्समा टेनिसतर्फ पदक जित्ने पहिलो खेलाडी पनि बन्न सफल भएकी छिन्।

उनी शनिबार भारतीय खेलाडीसँग ६–० र ६–० ले पराजित भइन्। यसअघि क्वाटरफाइनलमा उनले माल्दिभ्स खेलाडीलाई ७–५ र ६–३ को सेटमा पराजित गरिन्।

उनी र सलोनी तामाङको डबल्स जोडी भारतीय खेलाडीसँग सेमिफाइनलमा पराजित भयो। उनीहरूले शुक्रबार नै बंगलादेशी जोडीलाई ६–३ र ६–३ को सेटमा पराजित गर्दै कास्य पदक पक्का गरेका थिए। प्रेरणाले यसअघि महिला टिम इभेन्ट्समा पनि कास्य जितेकी थिइन।

प्रकाशित मिति: : 2019-12-07 14:44:28

प्रतिकृया दिनुहोस्