आज काठमाडौंमा समापन हुँदै १३औं साग, २०२२ मा कराचीमा भेटौंला

प्रधानमन्त्री ओलीले भिडियो सन्देशमार्फत् सम्बोधन गर्दै औपचारिक रूपमा समापन गर्दैछन् १३औं साग । फाइल तस्बिर

दक्षिण एसियाली खेल महाकुभ्मका रूपमा नेपालमा जारी १३औं साग आज समाप्त हुँदैछ। डिसेम्बर १ मा राष्ट्रपति विद्यादेवी भण्डारीले ओपचारिक रूपमा उद्घाटन गरेको यो खेलकुम्भको आज प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले भिडियो सन्देशमार्फत् सम्बोधन गर्दै औपचारिक रूपमा समापन गर्ने कार्यक्रम रहेको छ। नेपाललाई पदक तालिकामा दोस्रोपटक दोस्रो बनाएको यो महोत्सव धेरै कोणबाट नेपालका लागि ऐतिहासिक रहेको छ। 

मुलुकमा घटेका कयोै घटनाहरूलाई ओझेल पार्दै १० दिनसम्म देशको मात्र हैन, दक्षिण एसिया क्षेत्रका सबै देशकै ध्यानाकृष्ट गर्न सफल यो खेलकुम्भ नेपालका लागि कोशेढुङ्गाका रूपमा स्थापति भएको छ ।अन्तिम दिन ९ स्वर्णपदकको निर्णय हुनुअघि नेपाल ४९ स्वर्णसहित दोस्रो स्थानमा रहेको छ र आज केही स्वर्णपदक थपेर नेपालले यो स्थान कायम राख्नै सुनिश्चित छ । 

नेपालको खेल इतिहासले यति ठूलो सफलता यसअघि कहिल्यै मिलेको थिएन । यद्यपि पदक तालिकामा भने नेपाल यसअघि पनि एकपटक दोस्रो भैसकेको छ । नेपाल आफैफे आयोजना गरेको आठौ सागमा ३१ स्वर्णपदकसहित दोस्रो भएको थियो । 

यसअघिका १२ आयोजनामै पदक तालिकामा प्रथम रहेको भारतले यस वर्ष पनि ठूलो पदकअन्तरका साथ आफ्नो वर्चश्व कायमै राखेको छ। विश्व खेलमा गतिलो उपस्थिति जनाउन नसके पनि भारत एसियाली खेलकुदको पावरहाउस नै हो । एकसय ३० करोड जनसंख्याबाट छानिएर आउँने भारतीय खेलाडीमा भारतले ठूलो लगानी पनि गर्दै आएको छ ।

दक्षिण एसियाली खेलकुद (साग) प्रति नेपालको आफ्नै गौरवशाली इतिहास पनि जोडिएको छ। सन् १९८४ मा काठमाडौैले नै पहिलोपटक यो दक्षिण एसियाली खेलकुम्भको आयोजना गरेको थियो । त्यतिबेला पाँच खेलका ६२ प्रतिस्पर्धा आयोजना भएका थिए भने यसपटक त्यो क्रम बढ्दै २६ खेलका ३०८ प्रतिस्पर्धामा पुगेको छ ।

कुन सागमा कति स्वर्ण जित्यो नेपालले ?
पहिलाे ४, दाेस्राे-, तेस्राे-२,चाैथाे-१,पाँचाै-२,छैठाै -१, सातौं-४, आठौैं-३१,नवौ -७, दशाै  -७, ११औं-८, १२औं -३, १३औं - ४९ + जारी ..

नेपालले यसअघि सन् १९९९ मा दोस्रोपटक यो खेल कूम्भ आयोजना गरेको थियो भने यसपटक २० वर्षपछि यो आयोजना भैरहेको थियो । त्यतिबेला १२ खेलका १६३ प्रतिस्पर्धा भएका थिए र नेपालले ३१ स्वर्णसहित दोस्रो स्थान हासिल गरेको थियो । यसपटक २६ खेलका ३०८ प्रतिस्पर्धा हुँदा ४९ स्वर्णसहित नेपाल दोस्रोपटक दोस्रो भएको छ । नेपालले सागमा जतिसुकै गरे पनि अधिकतम हुने भनेको भारतलाई पछ्याउँदै दोस्रो नै हो । त्यसमा पदक संख्या बढाउने र फुटबल, क्रिकेटजस्ता लोकप्रिय र प्रतिष्ठा भएका खेल प्रतिस्पर्धामा जीत हारले उपलव्धीको ओजलाई केही तल-माथि पार्न सक्छ ।

यसपटकको अर्को महत्व पूर्ण पक्ष भनेको सागमा नेपालले एकसय स्वर्ण कटाउनु पनि रह्यो । यसअघिका १२ प्रतियोगितामा नेपालले ७९ स्वर्ण जितेको थियो तर यसपटक एउटैमा ४९ जितेर स्वर्णको सेन्चुरी पनि नघाएको छ । 

आज नेपालले भुटानमाथि जीत हात पार्दै फुटबलको स्वर्ण जित्यो भने १३औं साग नेपालका लागि सुनमाथि सुगन्ध हुने छ ।

सन् २०२२ मा १४औं साग पाकिस्तानको कराँचीमा आयोजना गर्दैछन् ।

प्रकाशित मिति: : 2019-12-10 09:32:30

प्रतिकृया दिनुहोस्