नविन के भट्टराईको संगीतमा निर्मल दाहालको डेब्यू गीत सार्वजनिक

तस्बिरः बिएल

काठमाडौं । संसार छोडेकी मायालुको याद र पीडामा रहेका एक प्रेमीको कथा बोल्छ गीत 'जब घाम ढल्छ' ले।

निर्मल दाहालको डेब्यू गीतमा नविन के भट्टराईको संगीत रहेको छ। जुन संगीत दाहाललाई संगीतकार भट्टराईले उपहार स्वरूप प्रदान गरेका हुन्।

रोशन सुबेदीको शब्द रहेको गीतको संगीत संयोजन विशाल पौडेलले गरेका हुन्।

एलिजा बस्नेत र गायक स्वयम् को अभिनय रहेको भिडियोले गीतको भावनालाई न्याय गरेको छ। ज्ञानेन्द्र शर्माले निर्देशन तथा छायांकन गरेको भिडियो इन्टेन्स इल्डका सुप्रिम पराजुलीले सम्पादन गरेका हुन्।

हेर्नुहोस् भिडियोमा

प्रकाशित मिति: : 2019-07-26 17:57:00

प्रतिकृया दिनुहोस्