बलिउड अभिनेत्री जाह्नवी कपुरका बुवा बोनी कपुरले आफ्नो छोरी र इशान खट्टरबीच अफेयर नरहेको बताएका छन्।
केही दिनदेखि भारतीय मिडियामा आइरहेको समाचारको खन्डन गर्दै बोनीले उनीहरू राम्रो साथी भएको तर अफेयर नरहेको स्पष्ट पारेका हुन्।
जाह्नवीले इशानसँगै ‘धडक’ बाट बलिउडमा डेब्यु गरेकी थिइन। त्यसपछि उनीहरू विभिन्न कार्यक्रममा सँगै देखिदैं आइरहेका छन्।
जाह्नवीलाई भेट्न इशान उनको घर पुग्ने र बोनीलाई पनि उनीहरूको अफेयरलाई लिएर आपत्ति नभएको समाचार आएपछि उनले समाचारको खन्डन गरेका हुन्।
‘यो सबै नचाहिँदो कुरा हो। उनीहरू राम्रो साथी हुन्। यसबाहेक उनीहरू बीच केही सम्बन्ध छैन,’ बोनीले एक अखबारलाई बताएका छन्।
जाह्नवी बलिउडकी चर्चित अभिनेत्री श्रीदेवी र बोनी कपुरकी जेठी छोरी हुन्।