‘बाहुबली’ का राणाले क्रिकेट लिजेन्ड मुरलीधरनको बायोपिक बनाउने

Agency

भारतको सबैभन्दा सफल फिल्म ‘बाहुबली’ को निर्माण गरेका राणा दग्गुबातीले क्रिकेटका लिजेन्ड श्रीलंकाली बलर मुथैया मुरलीधरनको बायोपिक बनाउने भएका छन्।
उनले सुरेश प्रोडक्सनको ब्यानरमा मुरलीधरनको जीवनीमा आधारित फिल्मको निर्माण गर्ने घोषणा गरेका हुन्।

फिल्ममा मुरलीधरनको अभिनय विजय सेतुपथिले गर्नेछन्। फिल्मको सुटिङ डिसेम्बरबाट सुरु हुँदैछ। राणाले अभिनेता विजयसँग काम गर्ने कुराले आफूलाई उत्साही बनाएको बताएका छन्।

यो फिल्मको नामाकरण गरिएको छैन। तर, फिल्मको निर्देशन एमएस श्रीपतिले गर्देछन्।

श्रीलंकाका केन्डीमा जन्मिएका मुरलीधरन १९९६ विश्व कप जित्दा टिमको सदस्य थिए। उनको फिल्ममा सचिन तेन्दुलकरको भूमिका पनि रहने बताइएको छ।

प्रकाशित मिति: : 2019-07-31 09:22:29

प्रतिकृया दिनुहोस्