पूर्व मिस युनिभर्स तथा बलिउड नायिका सुस्मिता सेनले सबैलाई आश्चर्यमा पार्दै आफूभन्दा १५ वर्ष कान्छो केटासँग विवाह गर्ने भएकी छिन्।
लामो समयदेखि बलिउडबाट टाढा बसेकी सुस्मिता पछिल्लो समय घरपरिवारसँगै रमाएर बसेकी थिइन।
उनी केही समयदेखि रोहमन सोलसँग डेटिङमा थिइन। उनले यही नोभेम्बरमा उनीस्ँग विवाह गर्ने कुरा स्विकार गरेकी छिन्। भोग पत्रिकामा प्रकाशित समाचारका अनुसार रोहमनले पहिले नै सुस्मितालाई विवाहका लागि प्रस्ताव गरेका थिए। जसलाई अहिले आएर सुस्मिताले स्विकार गरेको बताइएको छ।
केही दिनदेखि उनीहरू बीच ब्रेकअप भएको खबर सार्वजनिक भएको थियो।