बलिउडका चर्चित संगीत निर्देशक अनु मलिकलाई सोनी टेलिभिजनले सागेंतिक रियालिटी सोमा जज बनाउन लागेको खबरबाट गायिका सोना महापात्रा निकै दुःखी छिन्।
उनले ट्वीट गरेर सोनी टेलिभिजनलाई अनुको महिलाप्रतिको दूर्भावनालाई स्मरण गराउन खोजेकी छिन्।
‘मिटु मुभमेन्ट’ अन्तर्गत श्वेता पण्डितले अनुमाथि यौन शोषणको आरोप लगाएकी थिइन। यो घटना बाहिरिएलगत्तै सोनी टिभीले ‘इन्डियन आइडल’ शृंखलाको बीचैबाट अनुलाई बाहिर निकालेको थियो। त्यही च्यानलले बच्चाहरूको रियालिटी सोमा उनलाई जजको रुपमा भित्र्याउन लागेको विषयलाई लिएर महापात्राले विरोध गरेकी हुन्।