बलिउडकी विवादास्पद कलाकार राखी सावन्तले आफ्नो विवाहको कुरा स्विकार गरेकी छिन्।
केही समयअगाडि बेहुलीको लुगामा उनको फोटो भाइरल भएको थियो। जसका कारण उनले विवाह गरेको अनुमान लगाइएको थियो। तर, उनले आफूले विवाह नगरेको बताउँदै आएकी थिइन।
इन्टरनेटमा उनको हनिमुनको तस्बिर सार्वजनिक भएपछि उनले विवाहको कुरा स्विकार गर्नु परेको हो।
राखीले डरका कारण आफूले विवाहको कुरा लुकाएर राखेको बताइन्। उनले विदेशमा बसोबास गर्ने भारतीयसँग विवाह गरेकी हुन्। उनको श्रीमान बेलायतमा बसोबास गर्ने भारतीय हुन्। उनको नाम रितेश हो।
याे पनि पढ्नुहाेस।
राखीले विवाह गरेपछि श्रीमान बेलायत फर्किएको बताइन्। उनले भिजाको प्रक्रिया चलिरहेको र भिजा आएपछि आफू पनि बेलायत जाने बताइन्। उनले भारतमा काम पाएको खण्डमा पुनः फर्किने बताइन्।
राखीले आफ्नो अफेयर डेढ वर्ष अगाडि सुरु भएको बताइन्।
याे पनि पढ्नुहाेस।