‘मिसन मंगल’ को सेट निर्माणमा ८ करोड खर्च

Agency

बलिउड स्टार अक्षय कुमार अभिनित फिल्म ‘मिसन मंगल’ को सेट निर्माणका लागि ८ करोड रुपैयाँ खर्च भएको तथ्य खुलेको छ। 

यति बेला निकै प्रतिक्षामा रहेको यो फिल्मको सुटिङ गर्न भारतीय अन्तरिक्ष सेन्टर (इसरो) आफ्नो कार्यालय उपलब्ध नगराउने जानकारी दिएपछि मुम्बईको फिल्मसिटीमै नक्कली सेट तयार पारिएको थियो।

याे पनि पढ्नुहाेस।

आहा! नेपालगन्जको मुबारक विरयानी!(भिडियो रिपोर्ट)

सेट तयार गर्दा ८ करोड खर्च भएको सन्दीप शरद रवाडेले जानकारी दिए। उनी सेट तयार पार्ने अभियानमा जुटेका थिए।
उनले भने, ‘सुरक्षाका कारण इसरोले सक्कली सेन्टर उपलब्ध गराउन मानेन्। यसपछि हामीले इसरोमा भएको विभिन्न युनिटअनुसार नक्कली सेट फिल्मसिटीमा तयार पार्यौं।’

‘मिसन मंगल’ को बजेट ५० करोड मानिएको छ। अक्षयले यो फिल्मका लागि पारिश्रमिक लिएका छैनन्। उनी आम्दानीको बराबरीका पार्टनर हुन्।

याे पनि पढ्नुहाेस।

तमिल स्टार विजयले बाँडे ४ सय जनालाई सुनको औंठी

प्रकाशित मिति: : 2019-08-16 10:58:09

प्रतिकृया दिनुहोस्