‘कभी कभी मेरे दिल मे’ र ‘नुरी’ जस्ता कालजयी गीतका संगीतकार खय्यमको निधन

‘कभी कभी मेरे दिल मे खयाल आता हे’, जस्ता सयौं गीतमा कालजयी संगीत भरेका भारतका चर्चित संगीतकार मोहम्मद जहुर खय्यमको ९३ वर्षको उमेरमा सोमबार राती मुम्बईमा निधन भएको छ।

‘उमराव जान’ देखि ‘शोला और शबनम’ सम्म सयौं हिट गीतमा संगीत दिएका खय्यम लामो समयदेखि बिरामी थिए।

३ दिनअगाडि उनको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि मुम्बईको सुरज अस्पतालमा भर्ना गरिएको थियो। गत साता उनको मुटुमा सक्रमण भएको थियो।

खय्यमले १७ वर्षको उमेरदेखि नै संगीत दिन थालेका थिए। उनले १९५३ मा रिलिज भएको फिल्म ‘फुटपाथ’ बाट बलिउडमा पाइला टेकेका थिए।

सन् १९६१ मा रिलिज ‘शोला और शबनम’ फिल्मको गीतबाट उनले चर्चा बटुलेका थिए।

उनलाई ‘कभी कभी’ गीतका लागि फ्लिम फेयर अवार्डबाट सम्मानित गरिएको थियो।

‘नुरी नुरी आजा रे’ गीतमा पनि उनले संगीत दिएका थिए। उनलाई २०११ मा पद्यम भूषणबाट सम्मानित गरिएको थियो।

 

खय्यमको निधनप्रति अर्की चर्चित गायिका लता मंगेशकरले गहिरो दुःख व्यक्त गरेकी छिन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि खय्यमको निधनले हिन्दी फिल्मलाई गहिरो क्षति पुगेको बताएका छन्।

प्रकाशित मिति: : 2019-08-19 23:40:15

प्रतिकृया दिनुहोस्