तपाईंलाई लैगिंक हिंसा सम्बन्धी कानुनको बारेमा सरल भाषामा जानकारी चाहिएको छ?, यदि त्यस्तो हो भने नआत्तिनुहोस् अधिवक्ता ईन्दु तुलाधरले ‘वकिल नभएमा’ पुस्तक बजारमा ल्याएकी छन्।
पुस्तकमा महिलामाथि हुने हिंसा र यसबाट न्याय पाउन अपनाउनुपर्ने कानुनी प्रकियाका बारेमा अत्यन्तै सरल ढंगबाट व्याख्या गरिएको छ।
कानुनका भाषालाई नबुझ्दा सर्वसाधारणले व्यहोर्नु परेको कठिनाईलाई मनन गरेर अधिवक्ता ईन्दु तुलाधरले हरेक नागरिकको न्यायमा पहुँचको लागि यो पुस्तक प्रकाशित गरेकी हुन्।
पुस्तकमा कानूनका आधारभूत विषयवस्तु, कानूनको सीमा, कानूनले नागरिकलाई दिएको अधिकारलाई समान्य भाषामा लेखिएको छ।
महिला हिंसाविरुद्ध उभिने प्रत्येक व्यक्ति र स्वयम् हिंसाबाट प्रभावित। तर, न्यायका निमित्त उभिन हिम्मत र साहस जुटाएर उभिएका प्रत्येक व्यक्तिका निमित्त उपयोगी हुने विश्वास गरिएको अधिवक्ता तुलाधर बताइन्।
‘पुस्तकको अध्ययनले लैङ्गिक हिंसाबाट पीडित महिला, बालबालिका, सीमान्तकृत नागरिक, पछाडि पारिएका वर्गलाई न्यायको ढोकामा पुग्न र न्याय प्राप्तिका लागि सहयोग पुग्नेछ’, उनले भनिन्।
यसअघि उनले ‘लैङ्गिक हिंसा र न्यायः न्यायिक समितिको भूमिका’ नामक पुस्तक
पनि हालै मात्र प्रकाशनमा ल्याएकी छन्।
उक्त पुस्तकमा गाउँपालिका तथा नगरपालिका तहमा विवाद निरूपण गर्न गठित न्यायिक समितिको व्यवस्थासँग सम्बन्धित रहेको छ।
अधिवक्ता तुलाधरले पुस्तक लेखन अघि २५० भन्दा बढी नगरपालिकाका उपप्रमुख तथा जनप्रतिनिधि संगको छलफल र राय सल्लाहको आधारमा सो पुस्तक तयार पारेकि हुन्।
सो पुस्तक ७ सय ५३ वटै स्थानीय तहमा पुर्याउन सकेका खण्डमा यसले लैंगिक हिंसा नियन्त्रणको लागि स्थानिय तहको अधिकार कर्तव्य र भूमिकाको वारेमा थप स्पष्ट हुने बताइन्।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार गठित न्यायिक समितिको क्षेत्राधिकार, समितिका कारण नागरिकमा न्याय घरदैलोसम्म पुग्ने अवसर, समितिको निश्पक्षता र प्रभावकारिताको विषयलाई पुस्तकले समेटेको पनि अधिवक्ता ईन्दु तुलाधरले बताइन्।
ईन्दु तुलाधर, नेपालमा लैगिंक न्याय (न्यायमा पहुँच), कानूनी शासन तथा मानव अधिकारको क्षेत्रमा कानुन सुधारका लागि कार्यरत कानून विज्ञहरु मध्ये एक हुन्।
नेपालमा लैगिक समानता र विकास तथा महिलावादी अभियानमा सक्रिया उनले द्घन्द्घ विज्ञका रुपमा संवैधानिक सभा, विज्ञ समितीहरु, क्षेत्रिय निकायहरु तथा महिला, बालबालिका तथा सामाजिक कल्याण मन्त्रालय, केन्द्रिय बाल कल्याण समिति लगायतका सरकारी निकायहरु का लागि कानूनी तथा राजनैतिक विश्लेषण गरि सेवा प्रदान समेत गरेकि छन् ।
नेपाल र युकेमा शिक्षा हासिल गेरेकी ईन्दु तुलाधरले लैंगिक समानता र महिला अधिकार सुशासन लगायतका विषयमा विभिन्न अनुसन्धानात्मक लेखहरु तथा पुस्तकहरु प्रकाशन गरिसकेकि छन्।
उनले हिमाल ईन्नोभेटिभ डेभलपमेन्ट एण्ट रिर्सज प्रा.लि नामक संस्थाको नेतृत्व गर्छिन् ।
यस संस्थाले सार्वजनिक, निजी तथा सामाजिक क्षेत्रका व्यवसायहरुलागि उनीहरुको लक्ष्य तथा उद्देश्य प्राप्तका लागि सहयोग पुर्याउन ज्ञान अभिबृद्धिका गतिविधि, अध्ययन अनुसन्धान, तालिमका लागि म्यानुएल तथा निर्देशिका, जानकारीमुलक सुचनाहरू, नीति पैरवी पुस्तिकाहरुको प्रकाशन र नीति निमार्ण, विश्लेषण, व्याख्या र कार्यान्वयनका लागि प्राविधिक सहयोगको साथै पैरवी छलफलहरुको आयोजनका कार्यहरू गर्दछ।