कुनै बेला भोकभरीका कारण आफ्नो पेट पाल्न असफल रानु मण्डल अहिले बलिउडको ‘हट केक’ बनेकी छिन्। गायक तथा संगीतकार हिमेश रेशमियाले उनलाई आफ्नो आगामी फिल्म ‘हेप्पी हार्डी एन्ड हिर’ मा गीत गाउने अफर गरेपछि रानु बलिउडमा चर्चाको विषय बनेकी हुन्।
उनले भर्खरै एउटा सक्षिप्त कुराकानीमा आफ्नो श्रीमान कुनै बेला बलिउड नायक फिरोज खानको घरमा भान्छे भएको खुलासा गरेकी छिन्।
रानुका अनुसार फिरोजका छोरा फरदिन कलेजमा अध्ययनरत रहँदा उनको श्रीमान भान्छे काम गर्थे।
याे पनि पढ्नुहाेस।
उनले जीवनमा आफूले थुप्रै संघर्ष गरेको बताइन्। उनको जन्म राम्रो परिवारमा भएको थियो। दुर्भाग्य उनी ६ महिनाको हुँदा परिवारले उनलाई हजुरआमासँग छोडेको थियो।
विवाहपश्चात उनी पश्चिम बंगालबाट मुम्बई आएकी थिइन। उनले गायिका बन्ने लक्ष्य आफूले कहिले नबनाएको बताइन्। तर, परिस्थितिले गाउनु परेको उनको भनाई थियो। उनले लता मंगेशकरको गीत रेडियो र क्यासेटमा सुनेर गाउन सिकेको बताइन्।
हिमेशको फिल्ममा काम सकिएपछि रानुले सलमान खान अभिनित दबंग–३ मा पनि गीत गाउँदैछिन्।
यसै महिना अतिन्द्र चक्रबर्ती नामबाट एउटा सोशल मिडियामा उनको भिडियो शेयर भएपछि उनको चर्चा चुलिएको थियो। उनी पश्चिम बंगालको रानाघाट स्टेशनमा ‘एक प्यारका नगमा हे’ गीत गाउँदै गरेको देखिएकी थिइन।
उनको भिडियो हेरेपछि हिमेशले आफ्नो फिल्ममा ब्रेक दिएका थिए।