वरुण धवनकी भतिजी पनि फिल्ममा आउन लालायित

Agency

बलिउडका युवा ढुकढुकी वरुण धवनको भतिजी पनि रंगीन दुनियामा प्रवेश गर्ने भएकी छिन्। १९ वर्षकी अन्जिनी धवन सिद्धार्थको छोरी हुन्। सिद्धार्थले केही हिन्दी फिल्ममा काम गरिसकेका छन्।

अन्जिनी पछिल्लो समय सोशल मिडियामा खुबै हिट छिन्। इन्स्टामा उनको ‘फलोअर’ मात्र ९७ हजार छन्। उनी प्रायः आफ्नो ग्ल्यामर फोटो पोस्ट गरेर बस्छिन्। उनी अहिले कलेजमा अध्ययनरत छिन्। पढाई पुरा गर्ने वित्तिकै फिल्ममा आउने उनको तयारी छ।

याे पनि हेर्नुहाेस।

नेपालको चर्चित ब्याण्ड ‘लेकाली’ स्थापनाको कहानी: ३४ वर्षपछि पलेंटीमा जुरेको संयोग (भिडियाे सहित )

उनलाई फिल्ममा सहज होस् भनेर काका वरुणले टिप्स दिने गरेका छन्। उनले पनि पढाईका साथै अभिनयको कक्षा र डान्स कोर्ष गर्न थालेको बताइएको छ।

अन्जिनीको हजुरबुवा अनिल धवन हुन्। जो वरुणका बुवा डेभिडका ठूलदाई हुन्। उनले पनि केही फिल्ममा काम गरेका छन्।

अन्जिनीको श्रीदेवीकी कान्छी छोरी खुशी कपुर, सञ्जय कपुरको छोरी शनाया, सेफअली खानका छोरा इब्राहिम अली, क्रिकेटर सचिन तेन्दुलकरका छोरा अर्जुनसँग गहिरो दोस्ती छ।

याे पनि हेर्नुहाेस।

बैंकको सिस्टममै नछिरी करोडौं रकम ह्याकरको हातमाः कमजोर बैकिङ सुरक्षा प्रणाली, अनुसन्धान गर्दै प्रहरी

त्यो एक समय थियो, राजा वीरेन्द्र गीत गाउन बोलाउँथेः लोक गायक कृष्ण कँडेल

पाकिस्तानका परराष्ट्रविद्ले ‘पोर्न स्टार’ लाई काश्मिरी भनेपछि!

प्रकाशित मिति: : 2019-09-03 16:10:03

प्रतिकृया दिनुहोस्