बलिउडका चर्चित नायक शाहरुख खान एक पल्ट फेरि विवादमा मुछिएका छन्। यसपालि उनी कोलकातामा रहेको इन्डियन इन्स्टिट्युट अफ प्लानिङ एन्ड म्यानेजमेन्ट कलेजका कारण विवादमा तानिएका हुन्। उनी यो कलेजको सद्भावना दूत हुन भने कलेज सरकारी मान्यता बिना चलिरहेको पाइएको छ।
विवादको जन्म त्यति बेला भएको थियो, जब एक विधार्थीको एडमिसनका लागि उनको परिवारले २५ लाख रुपैयाँ जम्मा गरेको थियो। कलेज सञ्चालनको लागि आवश्यक कागज नभेटिएपछि ती विधार्थीका परिवारले कोलकाता उच्च अदालतमा उजुरी दर्ता गराएका थिए। अदालतले पनि विषयको गम्भीरता बुझेर सिबिआईलाई छानवीन गर्न आदेश दिएको छ।
अदालतका न्यायाधीस देबाग्सु बासकले यस विषयमा शाहरुखलाई पनि छानवीनको दायरामा ल्याउन आदेश दिएका छन्।
संस्थाको प्रमोशनमा संलग्न भएका कारण शाहरुखको संलग्नता के कस्तो हो? यसको छिनोफानो गर्न भनिएको छ।
कोलकाता उच्च अदालतले सिबिआईलाई दुई साताभित्र छानवीन गरेर मुद्धा दायर गर्न आदेश दिएको छ।
विश्वविधालय अनुदान आयोग (युसिजी) ले सन् २०१६ मै एउटा नोटिस जारी गर्दै यो कलेजको बिबिए–बिसिए–एमबिएको डिग्री दिने अधिकार नभएको स्पष्ट पारेको थियो।