मिस गुरूङ इन्टरनेशनलको उपाधि बिनु गुरूङलाई

तस्बिरः बिएल

मिस गुरूङ इन्टरनेशनलको उपाधि बिनु गुरूङले जितेकी छन्। कमलादीस्थित प्रज्ञाभवन शनिबार भएको अन्तिम स्पर्धामा देशभरिबाट छानिएका १४ प्रतिस्पर्धीलाई हराउँदै तनहुँकी गुरूङले तेस्रो संस्करणको उपाधि जितेकी हुन्।

त्यस्तै फस्ट रनअरअपको उपाधि ओसिन गुरूङले हात पारिन् भने सेकेन्ड अन्जु गुरुङ भइन्।

मल्टिमिडियाको उपाधि मेरिजन गुरुङ हात पार्दा अर्गनाइजर्स च्वाइस उपाधि गीता गुरुङले हात पारिन्।

विजेता बिनुले यामाहाको स्कुटरसँगै अन्य आकर्षक उपहार हात पारिन्। साथै सम्पूर्ण बिजेता हरूले बिभिन्न आकर्षक पुरस्कार प्राप्त गरेका थिए।

मृगतृष्णा  फेसन एण्ड प्रोडक्सनको आयोजनामा भएको कार्यक्रमको व्यवस्थापन बि एण्ड बी इभेन्ट मेनियाले गरेको हो।

प्रकाशित मिति: : 2019-09-15 09:36:07

प्रतिकृया दिनुहोस्