‘वार’ को कमाईले उत्साही ऋतिक र टाइगर

Agency

ऋतिक रोशन र टाइगर श्राफ अभिनित फिल्म ‘वार’ ले पहिलो दिन नै कमालको व्यापार गरेको छ। अक्टुबर दुई अर्थात गान्धी जयन्तीको दिन रिलिज भएको यस फिल्मले पहिलो दिन घ्५ देखि ४० करोडसम्मको व्यापार गरेको बताइएको छ।

बक्स अफिसमा ‘वार’ लाई दक्षिण भारतको फिल्म ‘साय रा नरसिम्हा रेडडी र हलिउड फिल्म ‘जोकर’ ले कडा टक्कर दिने आशा गरिएको थियो। तर, पहिलो दिनको व्यापार हेरेर निर्माता तथा निर्देशक दंग परेका छन।

फिल्म एकै पल्ट ४ हजार स्क्रिनमा रिलिज भएको थियो। फिल्मको बजेट १ सय ५०देखि २ सय करोडसम्म रहेको बताइएको छ।

भारतीय सेनाको विशेष मिशनलाई फिल्मको कथावस्तु बनाइएको छ।

प्रकाशित मिति: : 2019-10-03 11:51:32

प्रतिकृया दिनुहोस्