हरभजन र इरफानले तमिल फिल्म खेल्ने

Agency

भारतका दुई भेट्रान क्रिकेटर हरभजन सिंह र इरफान पठानले फिल्म खेल्ने भएका छन्। उनीहरुले दक्षिण भारतकाे फिल्ममा अभिनय गर्न लागेकाे भारतीय अखबारले जनाएका हुन्। 

तमिल भाषामा रहेकाे फिल्मकाे नाम विक्रम ५८ हाे। यसमा इरफानकाे मुख्य भूमिका रहेकाे छ। यस्तै हरभजनले डिक्किलुनामा अभिनय गर्न लागेका हुन्। दुबै खेलाडीले यसकाे जानकारी आफ्नाे ट्वीटर अकाउन्टबाट दिएका हुन्। 

विक्रम ५८ अजय नानामुथुले निर्देशन गर्न लागेका हुन्। इरफानले यस विषयमा जानकारी दिँदै लेखेका छन्– नयाँ काम र नयाँ चुनाैतीका लागि तयार छुँ। उनले भिडियाेमा आफ्नाे क्रिकेट करिअरकाे विवरण पनि सार्वजनिक गरेका छन्। 

हरभजनले भने फिल्मकाे टाइटलसँगै आफ्नाे फाेटाे सेयर गरेका छन्। फिल्म कार्तिक याेगीकाे निर्दैशनमा बन्दै छ। उनले लेखेका छन्– तमिल सिनेमामा मेराे डेब्यु हुँदैछ। प्राेडक्सन टिमलाई धन्यबाद।

प्रकाशित मिति: : 2019-10-15 19:11:03

प्रतिकृया दिनुहोस्