कागज गरेको मसी नसुक्दै दुर्गेशको ‘ह्याप्पी तिहार, चिसो बियर’ अपलोड

दुर्गेश थापा : पैसा र चर्चाका लागि जे गर्न पनि तयार - गायक कम हर्कत बढी । तस्बिर : समाजिक सञ्जाल

तिहारको सांस्कृतिक मूल्य-मान्यतामाथि आघात पुग्ने गरी देउसी गीत बनाएका हर्कते गायक दुर्गेश थापाले केही शव्द विप गरेर त्यही गीत पुन: युट्युवमा अपलोड गरेका छन् । 

उनले प्रहरी कार्यालयमा आइन्दा यस्तो गर्दिन भनेर कागज गरेको मसी पनि सुक्न नपाउँदै त्यसको उलंघन गरेका हुन् । 

तिहारलाई चिसो वियरसँग तुलना गर्दै ‘ह्याप्पी तिहार,  चिसो बियर’ गीत गाएका उनीविरूद्ध अधिवक्ता यज्ञराज न्यौपानेले उजुरी दिएका थिए । ‘ए निकाल गाँजा, खानुपर्छ आज’ जस्ता शव्दहरू भएको यो गीत नर्मल गायकले गाउँनै सक्दैन ।

बालाजुबाट मंगलबार पक्राउ परेका थापाले धर्ममा आँच आउने गरी गीत तयार गरेका कारण प्रहरी चौकीसम्म आउनुपरेको भन्दै माफी मागेका थिए।

'पैला जान पाम', 'हत्तेरिका शिब जी रैछौ बदमास्' भनेर गीत गाउने कोमल ओली माननीय हुने देशमा दुर्गेशलाई के नैतिकताले कारबाही गर्ने भन्ने प्रश्न पनि उठ्न सक्छ । यसलाई नाजायज पनि भन्न सकिन्न । तर, त्यसो भनेर हामीले अरू थप कोमल र दुर्गेशहरू जन्माउनेतिर लाग्नु हुन्न । दुर्गेशलाई पनि कारबाही हुनुपर्छ र कोमलहरूलाई पनि छुट दिनु हुन्न ।

तिजको बेला ‘बीच्च बीच्चमा’ बोलको गीत गाएर चर्चामा आएका थापाले त्यसपछि छ माया छपक्कै चलचित्रका लागि 'यसपालि त दीपाश्री ब्याउने कुरा छ' जस्तो छाडा शव्द गाएका थिए ।

नेपालमा चर्चा र पैसाका लागि जे पनि गर्ने प्रवृति पछिल्लो समय कला क्षेत्रमा पनि ब्याप्त भएको छ । त्यही प्रकरणका पछिल्लो उत्पादन हुन् दुर्गेश थापा । 

उनी कम गायक बढी हर्कते हुन् । युट्युबबाट पैसा कमाउनकै लागि उनी जे गर्न पनि तयार देखिन्छन् ।

प्रश्न अभिव्यक्ति स्वतन्त्रताको पनि हो तर योसँगै जिम्मेवारीको पनि हुन्छ । कर्तव्य बिनाको अधिकारको मात्र कुरा गर्ने प्रवृतिका कारण नेपालमा छाडातन्त्र बढेको छ । 

'यसपालि त दीपाश्री ब्याउने कुरा छ' भन्ने प्रवर्द्धन गीतमा माग्ने बूढाले पेट बोकेको अभिनय गरेको, दीपाश्री रिसाएको दृश्य हुँदाहुँदै पनि ब्याउनेलाई विहे गर्ने भनेको भनेर दिउसै रात पार्न दीपा-दीपक मण्डली लागेकै छ । यो सबै चर्चा र पैसाका लागि उटपट्याङ गर्ने अनि त्यसको सेफ ल्याण्डिङ गर्ने घटिया तरिका हो । 

'यसपालि त दीपाश्री ब्याउने कुरा छ' भन्ने प्रवर्द्धन गीतमा माग्ने बूढाले पेट बोकेको अभिनय गरेको, दीपाश्री रिसाएको दृश्य हुँदाहुँदै पनि ब्याउनेलाई विहे गर्ने भनेको भनेर दिउसै रात पार्न दीपा-दीपक मण्डली लागेकै छ । यो सबै चर्चा र पैसाका लागि उटपट्याङ गर्ने अनि त्यसको सेफ ल्याण्डिङ गर्ने घटिया तरिका हो । 

यस्तो घटिया तरिका जसले गरे पनि समाजले निन्दा गर्नुपर्छ र राज्यको चौथो अंगले वाचडगको भूमिका निर्वाह गर्नुपर्छ । तर, मूलधारको पत्रकारिता नै पेज थ्री जर्नालिज्मको भूमिकामा उभिएपछि यस्तो प्रवृति बढ्ने निश्चित छ ।

बिट मार्नुअघि फेरि दुर्गेश थापाकै प्रसंगमा जाउँ । यो गीत उनले पैसा र चर्चाका लागि जानी जानी हाम्रो तिहार संस्कृतिमाथि घात गरेकै हुन् । छाडा शव्द विप गरे पनि दृश्यले त्योभन्दा उत्पात गरेको छ । त्यसैले यस्ता हर्कतहरूले गर्ने सांस्कृतिक आक्रमणलाई काबुमा ल्याउन पनि उनीमाथि सख्त कारबाही हुनैपर्छ । त्यसो गर्न सकिएन भने राज्य निरिह हुन्छ र समाजमा भयावह अराजकता सिर्जना हुन्छ । 

यस प्रसंगमा 'पैला जान पाम', 'हत्तेरिका शिब जी रैछौ बदमास्' भनेर गीत गाउने कोमल ओली माननीय हुने देशमा दुर्गेशलाई के नैतिकताले कारबाही गर्ने भन्ने प्रश्न पनि उठ्न सक्छ । यसलाई नाजायज पनि भन्न सकिन्न । तर, त्यसो भनेर हामीले अरू थप कोमल र दुर्गेशहरू जन्माउनेतिर लाग्नु हुन्न । दुर्गेशलाई पनि कारबाही हुनुपर्छ र कोमलहरूलाई पनि छुट दिनु हुन्न ।

प्रकाशित मिति: : 2019-10-22 22:43:36

प्रतिकृया दिनुहोस्