बालकुमारी घटना

बालकुमारी घटना: थप एक प्रदर्शनकारीकाे मृत्यु, मृतकको संख्या २ पुग्यो

ललितपुरको बालकुमारीमा भएकाे आन्दोलनकाे घटनमा थप एक जनाकाे मृत्यु भएकाे छ।

रोजगार अनुमति प्रणाली (इपिएस) आवेदन फारम भर्न नपाएको भन्दै शुक्रबार युवाले गरेकाे प्रदर्शनमा अछाम घर भएका २२ वर्षीय वीरेन्द्र शाहको मृत्यु भएकाे हाे।

प्रदर्शनका क्रममा भएकाे झडपमा घाइते भएका शाहको उपचारकाे क्रममा पाटन अस्पतालमा मृत्यु भएकाे प्रहरीले जनाएकाे छ। याेसँगै मृतककाे संख्या २ पुगेकाे छ।

यसअघि साेही आन्दोलनमा घाइते भएका २३ वर्षीय सुजन राउतकाे मृत्यु भएकाे थियाे। उनकाे किस्ट अस्पतालमा उपचारकाे क्रममा मृत्यु भएकाे हाे।

रोजगार अनुमति प्रणाली (इपिएस) आवेदन फारम भर्न नपाएको भन्दै ग्वार्कोस्थित इपिएस कार्यालयमा युवाहरुले बिहानैदेखि भेला भएर आन्दोलन गरिरहेका थिए।

प्रकाशित मिति: : 2023-12-29 15:43:00

प्रतिकृया दिनुहोस्