कुनै बेलाकी मलमलकिरी जुनकिरी थिइन् कोमल वली । उनले गीत व्यापारका लागि अनेक पापड पेलेकी छिन् । कहिलै पैला जान पाम भनिन् , कहिले हल्ला भो शिवजी तिम्रो हाम्रो माया पिरिमको भनिन्, कहिले पोइ चाहियो भनेर गीत गाउँने लास्टै चोटि हो भनिन् ... के के भनिन् भनिन् । आफ्नो जोडी बिनाको जीवनको भरपूर उपयोग गरिन् ।
भन्नेहरू भन्छन्-तिजका गीतमा छाडापन ल्याउन उनको अहम् योगदान छ ।
तर, यतिका योगदान भए पनि उनकै शव्द पैचो लिएर भन्नुपर्दा उनले पोइ त पाइनन्, तर राजनीति चिट्ठा भने पारेरै छोडिन् ।
कलिलै उमेरदेखि राजावादी रहेकी उनी राप्रपाको केन्द्रीय सदस्य भइन् । अनि उनी त्यही भर्याङ चढेर एमाले हुँदै नेकपा भएकी छिन् । र, अहिले राष्ट्रियसभाको माननीय सदस्य नै भइन् ।
रेडियो नेपालको एक सामान्य जागीर छोडेर राजावादी सुरू गरेकी उनले क्रान्तिकारी कम्युनिष्ट पार्टीको माननीय हुन दुई वर्ष पनि लगाइनन् । उनको राजनीतिक बढुवा हेर्दा जो कोहीले पनि चक्मा खान्छ ।
उनको जीवन शैली, मूल्य, मान्यता, संस्कार, संस्कृति सबै बुर्जुवा हो । तर, अहिले उनी प्रगतिवादी र क्रान्तिकारी पनि हुनु परेको छ । कागलाई मयुरको प्वाँख लगाएजस्तै ।
हुन त अहिले कोमलले नेकपाजस्तो हुनुपरेको छैन, नेकपा नै कोमलजस्तो भएको छ । त्यसैले सजिलो भएको छ ।
प्रसंग कोमलको मौनताको हो । कोमलको थातथलो हो दाङ । उनले नेकपा नामको राजनीतिक पार्टीको रोटी सेकेको पनि यही हो ।
मानिसहरू प्रश्न गर्न थालेका छन्- कोमल वली नामकी एक महिला माननीय पनि दाङबाटै प्रतिनिधित्व गर्छिन् क्या रे । तर, आफ्नै जिल्लाका माननीय महरा यस्तो रसरङ अभियोगमा फस्दा पनि किन बोलिरहेकी छैनन् ? कसले ठोकिदियो उनको मुखमा क्रान्तिकारी ताल्चा ?
अनि अहिले यौनपीडकको अभियोग लागेका सांसद कृष्णबहादुर महरा पनि दाङकै हुन् । उनका यी नेतालाई पीडक भनेर आरोप लगाउने पीडितले नै पीडा भएको छैन भनिसकिन् । तर, प्रहरी पीडा भएको प्रमाण जुटाइरहेकै छ ।
कोमल स्वच्छन्दतावादी फेमिनिस्ट हुन् । उनको उचीउडानको पहिलो इनिङदेखि नै उनले यो जीवनशैलीको भरपुर फाइदा लिएकी छिन् । उनको सीताकहानीका बारेमा जानकारहरू धेरै छन् ।
गजब लाग्छ, यस्तो संगीन अवस्थामा पनि कोमलले मुखमा ताल्चा झुण्याइन् । उनको इतिहासले भन्छ, सिधा कुरा गर्ने कोमल वली अरू बेला भएको भए बोली सक्थिन् । तर, क्रान्तिकारी माननीय भएपछि उनले आफ्नो चरित्र र धर्म सबै बिर्सिछिन् क्या रे ।
मानिसहरू प्रश्न गर्न थालेका छन्- कोमल वली नामकी एक महिला माननीय पनि दाङबाटै प्रतिनिधित्व गर्छिन् क्या रे । तर, आफ्नै जिल्लाका माननीय महरा यस्तो रसरङ अभियोगमा फस्दा पनि किन बोलिरहेकी छैनन् ? कसले ठोकिदियो उनको मुखमा क्रान्तिकारी ताल्चा ?