आफ्नो स्वास्थ्यको विषयमा कुप्रचारप्रति अमिताभ रुष्ट

Agency

बलिउडका सुपरस्टार अमिताभ बच्चनले आफ्नो स्वास्थ्य अवस्थाको विषयमा मिडियामा आइरहेको गलत खबरप्रति असन्तुष्ट जाहेर गरेका छन्। मुम्बईको एक अस्पतालमा रुटिन चेकअपपछि पुनः कौन बनेगा करोडपतिको सेटमा फर्किएका अमिताभले आफ्नो ब्लगमा लेखेका छन्, ‘डाक्टरले मलाई केही दिनयता मेरो तौल केही घटेको बताएका थिए। त्यो पनि ५ किलो। यो मेरो लागि राम्रो कुरा हो।’

अमिताभ केही समयदेखि आफ्नो तौल घटाउने अभियानमा थिए। यसका लागि उनले खाना र व्यायाममा जोड दिइरहेका थिए।

उनले केबिसीको सेटमा आफूले खिचेको केही तस्वीर पनि सेयर गरेका छन्। यसअघि अमिताभको स्वास्थ्य बिग्रिएपछि सुटिङ बन्द गरिएको थियो।

प्रकाशित मिति: : 2019-10-25 10:54:30

प्रतिकृया दिनुहोस्