मुम्बईमा गुञ्जियाे नेपाली लाेक दाेहाेरी

बिएल

सयुक्त नेपाली महासंघ मुम्बईले आयोजना गरेको सांस्कृतिक कार्यक्रम भब्यताका सम्पन्न भएको छ। चर्नी रोडस्थित डा. भालेराव नाट्यगृह, मराठी साहित्य संघमा आयोजना भएको सांस्कृतिक समारोहमा नेपाली लोक दोहोरी गायिका टीका पुन आकर्षणकी केन्द्रबिन्दु थिइन। गायिका पुनले आफ्नो प्रस्तुति राख्दा प्रवासी नेपालीले नाचेर मनोरञ्जन लिएका थिए। उनले दर्जन बढी गीत सुनाइन्। कार्यक्रममा लोक गायक जनक कार्की, देउडा गायक टेक बोगटीसमेत समावेश थिए।

सांस्कृतिक कार्यक्रममा स्थानीय कलाकारले नेपाली भेषभूषामा प्रस्तुत गरेको आकर्षक नृत्यले दर्शकलाई मोहित बनाएको थियो। कार्यक्रमको सञ्चालन हाँस्य कलाकार सूवर्ण श्रेष्ठले गरे। कार्यक्रममा मुम्बईका प्रायः सबै संघ–संगठनका प्रतिनिधिलाई आमन्त्रण गरिएको थियो। कार्यक्रमको सञ्चालन सयुक्त नेपाली महासंघका महामन्त्री पुरण कुँवरले गरे।

के महराले ‘नयाँ बानेश्वर २६’ लाई जबर्जस्ती गर्न खोजेकै थिए त ?

महासंघका अध्यक्ष भरत रावलको अध्यक्षतामा भएको मनोरन्जनात्मक नेपाली साँस्कृतिक कार्यक्रममा महासंघका पदाधिकारीसहित पूर्व पदाधिकारीको पनि सहभागिता थियो।

लामो समय पछि मुम्बईका दर्शकले विशुद्ध मनोरञ्जनात्मक नेपाली साँस्कृतिक कार्यक्रमको लाभ उठाएका थिए, जसका लागि दर्शकले सयुक्त नेपाली महासंघप्रति आभार व्यक्त गरेका थिए।

व्यवसायी राज प्रधानले पानषमा बत्ती बालेर शुभारम्भ गरेको कार्यक्रममा स्थानीय कलाकार प्रेम रावल, राहुल शाह, रोहित शाह, विशाल बोगटी,पुजा भण्डारी, निशा रावल, फनिष्का काफ्ले, अनुष्का काफ्ले, नेहा रावल, सुनिल भाट, सरस्वती उपाध्याय, भुमिका बिश्वकर्मा, सुस्मिता खड्का, करिना शर्मा, देब्यानी खड्का लगायतको बेजोड प्रस्तुति थियो।

प्रकाशित मिति: : 2019-11-04 21:56:28

प्रतिकृया दिनुहोस्