भाग्यश्रीको आमाबुवाको स्विस खाताको छानवीन हुने

Agency

‘मैने प्यार किया’ फिल्ममा सलमान खानसँगै बलिउडमा डेब्यु गरेकी नायिका भाग्यश्रीको आमाबुवाको स्विस बैंकमा भएको खाताको अनुसन्धान हुने भएको छ।

भाग्यश्री महाराष्ट्रको पूर्वशाही परिवारकी सदस्य हुन्। उनको आमाबुवा महाराष्ट्रको सांगली राज्यका राजापरिवार हुन्। भारतीय जाँच अधिकारीले स्विट्जरल्यान्डको कर विभागसँग उनीहरूको खातामा रहेको पैसाको जानकारी माग गरेको छ।

स्विस सरकारले भाग्यश्रीका बुवा विजयसिंह माधवराव पटवर्धन र आमा रोहिणी विजयसिंह पटवर्धनलाई भारत सरकारको आग्रहमा कुनै आपत्ति भए कानुनी सल्लाह लिन आग्रह गरेको छ।

स्विस सरकारले उनीहरूलाई आधिकारीक नोटिक पनि पठाइसकेको छ र यो मुद्धा हेर्नका लागि आफ्नो प्रतिनिधि नियुक्त गर्न पनि अनुरोध गरेको छ।

 

 

प्रकाशित मिति: : 2019-11-24 21:21:28

प्रतिकृया दिनुहोस्