दक्षिण कोरियाकी चर्चित पप गायिका गो हाराको निधन भएको छ। उनको मृत शरीर घरमा भेटिएपछि सिओलका प्रहरी सक्रिय भएका छन्।
गो हारालाई केही समयदेखि धम्कीयुक्त एउटा म्यासेज उनको साथीले पठाइरहेका थिए। प्रहरीलाई उनको त्यही साथीमाथि शंका लागेको छ। गो हाराका साथीले उनको अश्लील भिडियो सार्वजनिक गर्ने धम्की दिइरहेका थिए।
गो हाराले यसको रिपोर्ट प्रहरीसँग पनि गरेकी थिइन। ६ साताअघि गो हाराको अर्को साथीको पनि यसैगरी रहस्यमय मृत्यु भएको थियो।
६ महिनाअगाडि पनि गो हारा घरमा अचेत अवस्थामा भेटिएकी थिइन। स्थानीय मिडियाले उनले त्यति बेला आत्महत्याको प्रयास गरेको बताएको थियो। यसै वर्ष उनी आफ्नो प्रेमीलाई गम्भीर प्रकृतिको आरोप लगाउँदै अदालत पुगेकी थिइन।
उनले बिना स्विकृति प्रेमीले शारीरिक सम्बन्ध स्थापित गरेको आरोप लगाएकी थिइन। उनले यति बेला आफ्नो प्रेमी जोङ बुमले भिडियो पनि बनाएको र यसलाई सार्वजनिक गर्ने धम्की दिँदै आएको बताएकी थिइन।