मिस नेपाल अनुष्का बनिन् एनआरएनएकी ब्राण्ड एम्बेसडर

स्कूटीमा नेपाल सुन्दरी ... यो बाटो कहाँ जाने कहाँ पुग्ने हो ? तस्बिर सौजन्य : अनुष्का श्रेष्ठ ।

मिस नेपाल २०१९ अनुष्का श्रेष्ठलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) ले ब्राण्ड एम्बेसडर बनाएको छ ।

आगामी डिसेम्बर १४ मा बेलायतको लण्डनमा आयोजना हुन लागेको ६९औं मिस वर्ल्डमा सहभागी हुने पूर्वसन्ध्यामा उनलाई ब्राण्ड एम्बेसडर बनाइएको हो । 

यही क्रममा सुन्दरी श्रेष्ठ र गैरआवासीय नेपाली संघ (एनआरएनए) बीच सातबुँदे सहमतिपत्रमा हस्ताक्षर पनि गरिएको छ ।

मिस नेपाल अनुष्कालाई ब्राण्ड एम्बेसडर बनाइदाको फोटो सेसन ।

यसरी गर्न सकिन्छ अनुष्कालाई अनलाइन भोट :
MOBSTAR एप्स डाउनलोड गर्ने । एप्स डाउनलोड गरिसकेपछि अनुष्का श्रेष्ठ सर्च गरी लाईक गर्ने

समझदारीपत्रमा सुन्दरी श्रेष्ठले संसारभर रहेका महिला तथा युवाहरुको कार्यक्रम प्रवर्धन गर्ने र एनआरएनले आफनो सञ्जालमार्फत अनुष्कालाई सहयोग गर्ने उल्लेख गरिएको छ । 

समझदारीपत्रमा हस्ताक्षरका लागि एक कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा एनआरएनए उपाध्यक्ष अर्जुन कुमार श्रेष्ठ, प्रवक्ता डीवी क्षेत्री, एनआरएनए कार्यालय प्रमुख हेमन्त दवाडी, मध्यपूर्वका उपसंयोजक मनोज गोर्खाली, भूतपूर्व डिआरसी धर्मराज गिरी र मिग्मार तामाङलगायतको सहभागिता रहेको जनाइएको छ।

यसैबीच गैरआवासीय नेपाली संघले संसारभरका राष्ट्रिय संयोजन समितिलाई मिस वर्ल्डमा अनुष्कालाई जिताउन सर्कुलर पनि जारी गर्ने भएको छ । अनुष्कालाई मल्टीमिडिया अवार्ड जिताएर फिनालेमा पुर्याउनका लागि सर्कुलर जारी गर्न लागिएको बताइएको छ।

प्रकाशित मिति: : 2019-11-27 04:33:15

प्रतिकृया दिनुहोस्