बास्केटबलमा नेपाली पुरुष टिमलाई कास्य

फाइल तस्बिर: बिएल

नेपाली पुरुष बास्केटबल टोलीले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा कास्य पदक जितेको छ।

नेपालले मंगलाबर कास्य पदकको लागि भएको खेल बङ्गलादेशलाई ८१–५९ को फराकिलो अन्तरले पराजित गर्‍यो।

समूह ए को खेलमा नेपाल बङ्गलादेशसंग ६७–६१ ले पराजित भएको थियो। नेपालको जितमा असिम श्रेष्ठले सर्वाधिक १९ अंक जोडे भने बिजय बुर्जाले १६ अंकको योगदान दिए। यस्तै कप्तान सदिश प्रधानले १५, आयुष सिंहले १३ र सौरभ श्रेष्ठले ११ अंक जोडे।

 

प्रकाशित मिति: : 2019-12-10 14:29:04

प्रतिकृया दिनुहोस्