भुटान भर्सेज नेपालः १–१ को बराबरी

तस्बिर: बिएल

१३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलको फाइनलमा नेपालले अहिले भुटानसँग प्रतिस्पर्धा गरिरहेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा नेपालविरुद्ध भुटानले बराबरी गोल फर्काएको छ । भुटानका कप्तान चेन्चो ग्याल्सेनले गोल गर्दै बराबरी फर्काएको हो।

यसअघि नेपालका लागि १७ औं मिनेटमा अभिषेक रिजालले अग्रता दिलाए थिए।

नेपाली टिमः

विकेश कुथु,अनन्त तामाङ, विकास खवास, सुमन अर्याल, बिक्रम लामा, मिक्चेन तामाङ, अविशेक रिजाल, सुनिल बल, तेज तामाङ, नितिन थापा, सुजल श्रेष्ठ

 
प्रकाशित मिति: : 2019-12-10 15:41:12

प्रतिकृया दिनुहोस्