ज्ञानेन्द्र मल्ल उत्कृष्ट ब्याट्सम्यान घोषित !

फाइल तस्बिर: बिएल

राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ल १३ औं दक्षिण एसियाली खेलकुद (साग) पुरुष टि ट्वान्टी क्रिकेट प्रतियोगिताको उत्कृष्ट ब्याट्सम्यान घोषित भएका छन्। श्रीलंका र बंगलादेशका टेष्ट खेलाडीलाई पछि पार्दै कप्तान मल्ल उत्कृष्ट ब्याट्सम्यान घोषित भएका हुन्।

मल्लले प्रतियोगिताभर ५ खेलमा २ सय १२ रन बनाउन सफल भए। ज्ञानेन्द्रलाई पछ्याउँदै श्रीलंकन पाथुम निसान्काले ४ खेलमा २ अर्धशतकसहित २ सय ११ रन बनाउँदै सागमा सर्वाधिक रन बनाउने खेलाडीको दोस्रो स्थानमा रहे ।

बंगलादेशका स्पिनर तनवीर इस्लामले ५ खेलमा १० विकेट लिएर उत्कृष्ट बलरको उपाधि जिते। उता, म्यान अफ द टुर्नामेन्टमा भने श्रीलंकाका कप्तान कामिन्दु मेन्डिसले बाजी मारे। उनले ४ खेलमा ५ विकेट लिनुका साथै १ शतकसहित १ सय ३४ रन जोडेका थिए।

प्रकाशित मिति: : 2019-12-10 11:25:30

प्रतिकृया दिनुहोस्