पहिलो हाफः नेपाल र भुटान १–१ को बराबरी

फाइल तस्बिर: बिएल

१३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलको फाइनलमा नेपालले अहिले भुटानसँग प्रतिस्पर्धा गरिरहेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा नेपाल र भुटानले १-१ गोलको बराबरी खेलेको छ ।

 नेपालका लागि १७ औं मिनेटमा अभिषेक रिजालले अग्रता दिलाए। तर ३७औं मिनेटमा भुटानका कप्तान चेन्चाे ग्याल्सेनले बराबरी गाेल फर्काए। 

नेपाली टिमः

विकेश कुथु,अनन्त तामाङ, विकास खवास, सुमन अर्याल, बिक्रम लामा, मिक्चेन तामाङ, अविशेक रिजाल, सुनिल बल, तेज तामाङ, नितिन थापा, सुजल श्रेष्ठ

प्रकाशित मिति: : 2019-12-10 15:51:06

प्रतिकृया दिनुहोस्