सत्ताको धाक दिँदै अखिलका नेताले गरे युवतीमाथि बलात्कार

फाइल तस्बिर

युवतीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले रत्नराज्य लक्ष्मी क्याम्पसका स्ववियु सहसचिव तथा अनेरास्ववियुका केन्द्रीय सदस्य इन्द्रहाङ राईलाई पक्राउ गरेको छ।

काठमाडौंको माकलबारीमा आफन्तको घरमा लगेर बलात्कार गरेको पीडितको उजुरीपछि राईलाई महानगरिय प्रहरी परिसरले मंगलबार विहान पक्राउ गरेको महानगरीय प्रहरी बृत बौद्धका डिएसपी रमेश सिंहले जानकारी दिए।

परिसर प्रवक्ता डीएसपी होबिन्द्र बोगटीका अनुसार १८ वर्षिया पीडित किशोरीले सोमबार आफूमाथि राईले बलात्कार गरेको आरोप लगाएकी छन्। पीडितको बयानका आधारमा मेडिकल जाँच लगायतका अन्य अनुसन्धान भइरहेको डीएसपी बोगटीले जानकारी दिए।

सत्तारूढ नेकपाको विद्यार्थी संगठन अनेरास्ववियका केन्द्रीय सदस्य हुन्।


यस्तो थियो घटना

झापा घर भएकी १८ वर्षीया सुनिता (नाम परिवर्तन)को आफ्नो आमाबुबा नभएको र आर्थिक अवस्था नाजुक भएको कारण उनलाई गाँउकै दिदी पर्ने बिनिता (नाम परिर्वतन)ले काम लगाइदिने भन्दै काठमाडौंको कीर्तिपुर ल्याएको प्रहरी स्रोतले बताएको छ ।

प्रहरी स्रोतका अनुसार रत्नराज्य लक्ष्मी क्याम्पसमै पत्रकारिता पढिरहेकी बिनिता र राईबीच साथि सम्बन्ध हुँदा सुनिता र राईपनि नजिक भएको बताउछ । ३/४ महिनादेखी आफूसँगै बस्दै आएकी सुनितालाई बिनिताले नै आफ्ना साथि राईलाई जागिर मिलाइदिन आग्रह गर्दै आएकी थिईन् ।

राईले पनि आफ्नी साथिको कुरा मान्दै आर्थिक अवस्था कमजोर भएको हुँदा बेलाबेलामा जागिर मिलाइदिने भन्दै सुनितासँग नजिक भएको अनुसन्धानबाट खुल्न आएको छ ।फोनमा कुरा,म्यासेज र भेटघाट समेत बाक्लै रुपमा उनिहरुबीच हुने गरेको प्रहरी स्रोतको दाबी रहेको छ ।

राईल जागिरको कुरा गर्दै सुनितालाई आफ्नो 'रुम'मा लैजाने र खाजा खर्च भन्दै बेलाबेलामा ४००/५०० सय दिने गरेको पनि प्रहरीले बिएल नेपाली सेवालाई बताउँछ । राईले सुनितालाई बेलाबेलामा आर्थिक सहयोग गर्दै आएपछि उनिहरुको सम्बन्ध झन अगाडि बढेको अनुसन्धानबाट खुलेको छ ।

प्रहरीका अनुसार राईले भाइटीकाको अघिल्लो दिन काठमाडौंको  गोकर्ण ६ माकलवारीमा आफन्तको घरमा लगेको स्विकार गरेका छन् । राइले सुनितालाई घरको एक कोठमा बन्धक बनाएर चरम यौन कार्य गरेको भन्दै पीडित युवतीले प्रहरीलाई खवर गरेकी थिईन् ।

'सोमबार विहान ३ वजे सो खवर प्राप्त भएपछि हामीले राईलाई नियन्त्रणमा लिएका हौं', एक प्रहरीले भने।तत्कालै घटना स्थलमा प्रहरी पुग्न नसकेपछि महानगरीय प्रहरी वृत्त बौद्धले मंगलबार बिहान ६ बजे मात्रै राईलाई पक्राउ गरेको थियो।

देउसी खेल्न बाेलाएर राईले हात बाँधेर चक्कु देखाउँदै बलात्कार गरेको युवतीकाे किटानी जाहेरी परेको छ ।

उनले आफू स्ववियु सहसचिव तथा अनेरास्ववियुका केन्द्रीय सदस्य भएको भन्दै क्याम्पसमा दादागिरी गर्ने गरेको पनि खुलेको प्रहरी बताउछ । उनले केहि बर्ष अगाडि क्याम्पसकै सामान्य झगडामा धर्म न्यौपानेको दाँतै खुस्किने गरेर हानेपछि उनको दवदवा बढ्दै आएको थियो ।

राईले क्याम्पसमा अन्य युवतीहरुसँग पनि सत्ताको धाक दिँदै जागिर लगाइदिने प्रलोभन देखाउँदै आएका थिए ।

'उनले अन्य युवतीलाई जागिर मिलाएपछि रात बिताउन 'अफर' गर्दै आएका रहेछन्', एक प्रहरी अधिकारीले भने ।

राईले क्याम्पसका युवकहरुलाई पनि आफूले फलानो फलानो युवतीलाई जागिर मिलाइदिएको र पछि आफूले रात बिताउने गरेका कुरा गर्दै आइरहेका थिए ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) होविन्द्र बोगटीका अनुसार अहिले घटनाको अनुसन्धान भैरहेको छ । पीडित युवतीको स्वास्थ्य परीक्षण भएको र घटनाको प्रारम्भिक अनुसन्धान भैरहेको पनि डीएसपी बोगटीले बिएल नेपाली सेवालाई जानकारी दिए ।

डीएसपी बोगटीका अनुसार आजै सबै छानबिन सकेर राईलाई बिहिबार अदालतमा हाजिर गराउने छ । प्रहरीले युवतीकाे स्वास्थ्य परिक्षण गर्न पराेपकार प्रसुती गृह लगेकाे छ।

 

 

 

प्रकाशित मिति: : 2019-10-30 11:24:00

प्रतिकृया दिनुहोस्