६० हजार घुससहित प्रहरी नायव निरीक्षक पक्राउ

फाइल तस्बिर:बिएल

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित बाराबाट एक जना प्रहरी नायव निरीक्षकलाई नियन्त्रणमा लिएको छ ।

बाराको गञ्जभवानीपुर प्रहरी चौकीमा कार्यरत प्रहरी नायव निरीक्षक जटाशंकरप्रसाद कलवारलाई घुससहित नियन्त्रणमा लिएको हो ।

कलैया उपमहानगरपालिका-४ स्थित श्रीराम खाद्य उद्योग अगाडिबाट आयोगको टोलीले कलवारलाई ६० हजार रुपैयाँ घुससहित बिहीबार पक्राउ गरेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

प्रकाशित मिति: : 2019-10-31 16:00:03

प्रतिकृया दिनुहोस्