७८३ ग्राम चाँदीका पाउजु बरामद

तस्बिरः बिएल नेपाली सेवा

भारतबाट नेपालतर्फ आउदै गरेको पैदलयात्रीबाट प्रहरीले ७८३ ग्राम तौलका अवैध चाँदीका पाउजु बरामद गरेको छ।

प्रहरी देख्नासाथ पैदलयात्रीले झोला फ्याकेपछि शंका लागि चेकजाँच गर्ने क्रममा प्रहरीले उक्त परिणाममा चाँदीका पाउजु बरामद गरेको हो।

बरामद भएको पाउजुको मुल्य करिब ५९ हजार रूपैयाँ हुने गरी भन्सार दाखिला गरिएको प्रहरीले जनाएको छ ।

यसैबिच भारतीय मोटरसाइकलमा लोड गरि ६० लिटर डिजेल चोरी निकासी गरि नेपालबाट भारत लैजान लागेको अवस्थामा सशस्त्र प्रहरीको टोलीले मोटरसाईकल सहित डिजेल नियन्त्रणमा लिएको छ।

मोटरसाइकलसहित बरामद भएको डिजेल विरगन्ज भन्सार कार्यालय पर्सामा दाखिला गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: : 2019-11-24 19:35:59

प्रतिकृया दिनुहोस्