चोरीको आशंकामा एक भारतीय कार नियन्त्रण

बिएल

वीरगञ्ज भन्सार मुलगेटबाट सशस्त्र प्रहरीले चोरीको आशंकामा एक भारतीय कारलाई नियन्त्रणमा लिएको छ।

आइतबार नेपालबाट भारततर्फ लैजाँदै गर्दा वि.आर ०६ बि.एक्स ३३२७ को भारतीय कारलाई नियन्त्रणमा लिएको हो। कागजात नरहेकोले चोरीको हुन सक्ने आशंकामा नियन्त्रणमा लिइएको गरिएको सशस्त्र प्रहरी नायब उपरिक्षक अमर खत्रीले बताए।

नियन्त्रणमा लिइएको कारको मूल्य करिव ८ लाख कायम गरि आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यलय पठाइएको उपरिक्षक खत्रीले जानकारी दिए।

यसैवीच सिमावर्ति रक्सौलबाट नेपालतर्फ ल्याउदै गरेको अवस्थामा हार्डवेयरको समान बरामद गरिएको छ।

प्रहरीको मोवाइल टोलीले करिव २५ हजार २ सय रुपैया बराबरको हार्डवेयर समान अबैध रुपमा भन्सार छली पैठारी गरी ल्याइरहेको अवस्थामा वीरगञ्जको इनर्वाबाट पक्राउ गरिएको हो। बरामद गरिएको समानवीरगञ्ज भन्सार कार्यालय पर्सामा दाखिला गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: : 2019-11-24 21:51:00

प्रतिकृया दिनुहोस्