युग सर्वनाम
आउनुस्
निकालौं दु:खहरूलाई
जीवनको वल्लोपल्लो किनारबाट
ल्याउँ सडकमा-
भाच्दिउँ उसकाे नलीहाड छामिछामि
र, थन्काइदिउँ
संसद भवनको नयाँ सङ्ग्रालयमा
आउनुस् गिरफ्तार गरौं भोकहरूलाई
र, थुनौं चिडियाखाना/निकुञ्जतिर
बरु भरौं अब-
ढुङ्गाहरूमा दाँत र राखिदिउँ हिमालको सेतो मुस्कान
लगाइदिउँ-
धुलोहरूलाई लिपिस्टिक र अझ नाच्न उक्साउँ उल्लासको नृत्य
भरिदिउँ-
बतासमा मालश्री धुन, पञ्चेबाजा या कुनै प्रगतिशील गीत
र, सुनाउँदै हिँड्न आदेश दिउँ विलासीहरूको टोलटोलमा
राखिदिउँ-
कुहिरोहरूमा ऐना भनौं ‘आकाशभन्दा माथिमाथि उड्नु’ र देखाइदिनु गरीबका ढाड्मा टेक्नेहरूलाई नाङ्गो इतिहास
यदि अझै पनि
सखाप भएन छ भने दु:खहरू
उग्लेन छ भने भोकहरू
गरौंला फेरि
अझै अर्को आन्दोलन
सक्लाउँला जुलुस
खोकौंला नानाभातिका नाराहरू
आह्वान गरौंला अनिश्चितकालीन हड्ताल
तर त्यसबेला, त्यसको प्रभाव
केवल भोकहरूलाई मात्र पर्ने छैन
केवल दु:खहरूलाई मात्र पर्ने छैन
आच्छु आच्छु हुनेछ साराकासारा पाखण्डीहरू
चिच्याउनेछ बंगलाहरूबाट परजीवी प्रेत्मात्मा
र छेल्लबेल्ल हुनेछ धन्धाहरूको वास्तविकता
किनभने त्यसबेला छोडिएको हुनेछ
संसद भवनको सङ्ग्रालयबाट
दु:खहरूको भत्केको आत्मा
चिडियाखानाबाट भोकहरूको डरलाग्दो चिच्याहट।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया