जातको आधारमा पढाइ गराए हाम्रो समाज कस्तो होला?

फाइल तस्बिर

बौद्धिक क्षमता भएको व्यक्ति कहिले पनि जात, लिङ्ग, रंग, नश्लिय,भाषावाद, प्रान्तवाद, कला–संस्कृत , धार्मिक, भौतिक, भौगोलिक, राजनीतिक, शैक्षिक, स्वास्थ्य, अमीर गरीब, मानव छुवाछूत जस्तो विकृतिको कुरा गर्दैनन्। तर केही मनुष्यहरुको नेतृत्वको DNA मा छुवाछूतको भयंकर अबलअभच फैलिएको छ। कुकुरको पुच्छर बाह्र बर्षसम्म डुवाग्रोमा राखेपनि बांगो नै हुन्छ भन्ने नेपाली उखानले ती मान्छेहरुको चरित्रलाई स्पष्ट चित्रण गर्दछ।

वर्णाश्रम व्यवस्थाको चातुर्थवर्ण व्यवस्था अनुसार बाहुन, क्षेत्री, वैश्य अनि शुद्र जातिय श्रेणी बनाएको छ। यस व्यवस्था अनुसार मानवले मानवमाथी जातीय छुवाछुतको विभेद गर्छन्। एउटा कुरो बुझ्न् पर्ने यदि २१औं शताब्दीमा किसान, जवान, चिकित्सक अनि शिक्षिकले विभेद जस्तो जघन्य अपराध गरे कस्तो किसिमको सजाय होला? सामाजिक कुरिति भुल्दै गएको पछिल्लो पुस्ताको मानसपटलमा कस्तो खालको दिर्घकालिन असर पर्ला?

ब्राह्मण जातिको किसानले उत्पादन गरेको अनाज आफ्नो जातिलाई मात्र दिन थाल्दा दलित कुन तरिकाले बाच्न सक्लान्? दलित किसानको खेती आफ्नो समुदायको लागि गर्छ भने बाहुन जाति आफ्नो बालबालिकालाई कुन तरिकाले पालन पोषण गर्न सक्छ? यी यस्ता अनेकन प्रश्न हुन्छन् समाजमा।

देश र सिमानाको रक्षा गर्ने जवानले आफ्नो समुदायको सुरक्षा गरे राष्ट्रको अन्य समुदाय, शरणार्थी, अल्पसंख्यक र विदेशी पर्यटकहरुको सुरक्षाको ग्यारेन्टीको लिन सक्छ? यदी चिकित्सकले जात हेरेर औषधि उपचार गरे कतिपय जातिको मान्छे अकालमै मृत्यु वा निरन्तर रोगी रहन सक्छन?

 

शिक्षकले पाठशालामा बाहुन, क्षेत्री र दलित, विपन्न बालबालिकालाई अलग–अलग तवरले पढाइ गराए हाम्रो समाजको गति कस्तो होला? जातको आधारमा पढाइ हुनसक्छ?

आजको पुस्तालाईलाई विज्ञानको जानकारी चाहिएको छ। पुरातनवादी, रुढीबादी, मनगढंत, कहानी पढ्नु छैन्। हिन्दु धर्मको आधारभुत अनुसार कर्मको आधारमा जात हो भन्छन्। यस्तो हो भने किसान, जवान, चिकित्सक र शिक्षक एउटा पेशागत जात हुनुसक्छ?

किसान, जवान, चिकित्सक र शिक्षकको कुनै जात हुदैन, उनीहरूको जात भनेकै उनीहरु दैनिक जीवनमा गर्ने सामाजिक कार्यको उपमा हो।

हिन्दु धर्मका ठेकेदारहरु जातको नाममा विभेद गर्दै मानवसभ्यताको अन्त गर्न सार्हिएका देखिन्छन्। यस्तो प्रबृत्तिको अन्त्य नेपाली समाजको सबैभन्दा ठूलो चुनौती बनेको छ। हिजोदेखि आजसम्म मृत्युदरले क्रमशः विभेद पनि कम हुँदै गइरहेको छ। मान्छेको मृत्युले विचार, मान्छेको साथमा मर्दै जान्छ।

कुप्रथा, कुरिति अन्त्य र सद्भाव, सदाचार, भाइचारा जागरण गराउन जरुरत छ। सबैको साझा बन्न आवश्यक छ।

प्रकाशित मिति: : 2019-11-12 11:18:16

प्रतिकृया दिनुहोस्