नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
रबि पोख्रेल
अर्घाखाँचीकाे मालारानी गाउँपालिका- ४ खनका वडाध्यक्ष बिष्णुप्रसाद पोख्रेलले गरेको आर्थिक अनियमितताको बिषयमा जिल्ला प्रशासन कार्यालय उदासीन देखिएको छ।
वडाध्यक्ष पोख्रेलले प्रधानमन्त्री रोजगार कार्यक्रमको झन्डै १० लाख रुपैयाँ अनियमिता गरेको आरोप लागेको एक महिनाभन्दा धेरै समय बितिसक्दा पनि नियमक निकाय (जिल्ला प्रशासन कार्यालय)ले छानबिनम ढिलासुस्ती गरेको हो।
गत साउन पहिलो सातादेखि सामाजिक सञ्जालमा वडाध्यक्ष पोख्रेलले आर्थिक अनियमितता गरेको बिषय उठेसँगै छनबिनको माग गर्दै जिल्ला प्रशासनमा उजुरी परेको थियो।
प्रशासनले अनुसन्धान सुरु गरेको एक महिना बितिसक्दा पनि कार्यप्रगती देखिएको छैन। यस विषयमा प्रशासनले छानबिन गरिरहेको बताउँदै आए पनि अहिलेसम्म कुनै आधिकारिक सूचना सार्वजनिक भएको छैन।
छानबिनमा ढिलाई गरेमा स्थानीयहरुको गुनासो रहेको छ। भ्रष्टाचार गर्नेलाई कारवाही नगरी उन्मुक्ति दिईन्छ कि भन्ने चिन्ता भएकाे स्थानीय विकास खनालले बताएका छन्। उनले भने, ‘यस्ता विषयहरुमा कारवाही भएको खासै देखिएको छैन, ढिलाई हुँदा शंका उब्जेको छ।’
सोही वडाका युवक कमल विश्वकर्मा पनि निष्पक्ष छानविन हुनेमा सशंकित छन्। ‘गल्ती ढाकछोपको प्रयास हुन सक्छ, छानबिन नगर्न केन्द्रीय नेताहरुको दवाब छ भन्ने सुनेको छु, कतै सीडीओ शप् नै प्रलाेभनमा पर्नु भयाे कि।’ उनले भने।
आफूमाथि भ्रष्टाचारकाे आराेप लागेका वडाअध्यक्ष पोख्रेलले स्थानीयकाे माग अनुसार हालसम्म पनि बास्ताविकता सार्वजनिक गर्न सकेका छैनन्। लिखित सूचना माग गरेको १५ दिन बितिसक्दा पनि सूचना उपलब्ध नगराएको स्थानीयकाे गुनासो रहेकाे छ।
त्यस्तै, यसअघि गाउँपालिकाकाे कार्यलयले वडाध्यक्ष पाेखरेलले अनियमितता नगरेकाे बताउँदै आएकाे छ। जबकी साेही विषयमा जिल्ला प्रशासन कार्यालयले अनुसन्धान गरिरहेकाे छ। अनुसन्धानमा रहेकाे विषयमा यसरी गाउँपालिकाकाले छानविन नगरी भ्रष्टाचार भएकाे छैन भन्नु गलत भएकाे स्थानीले बताएका छन्।
अनुसन्धान सुरु भएकाे लामाे समयसम्म पनि कार्यप्रगति नभएकाे भन्ने स्थानीयकाे प्रश्न प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पाैडेललाई राख्दा छानविन भइरहेकाे बताएका छन्।
‘हामीले छानविन गरिरहेका छाैं, घटनाकाे बारेमा अहिले भन्न मिल्दैन’ प्रजिअ पाैडेलले भने, ‘हामीलाई डिस्ट्रब नगर्नुहाेस् काम भइरहेकाे छ।’
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
‘लकीरका फकीर’ होईन, मार्क्सवाद
प्रभु बैंकमा बद्मासी- सेटिङ गर्न पन्तले निकालिन् कर्मचारीको नाममा लाखौं पेश्की
रवि लामिछाने: जेलको चिसो कोठाबाट उठिरहेको नयाँ राजनीतिक ताप
प्रभु बैंककी ‘लेडी बोस्’– सीईओलाई प्रभावमा पारेर बन्दैछिन् डेपुटी, यसरी डुबाउँदैछिन् बैंक
प्रभुको बदमासीमा कुनकुन फाइलमाथि हुँदैछ अनुसन्धान? को–को तानिदैछन्?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया