यसरी त कसरी चल्ला र देश ?
हिमाल खबर
नेपाली कांग्रेसको १४औं महाधिवेशनको मिति सातौं पटक सारिंदै २७-३० मंसीरमा निर्धारण गरिएको छ। तर, उक्त मितिमा महाधिवेशन हुनेमा पार्टीकै कतिपय नेताहरू अझै ढुक्क छैनन्। जबकि, संविधान र पार्टीको विधान पालना गरेको भए यो महाधिवेशन २०७६ फागुनमै भइसक्थ्यो।
सात दशक लामो इतिहास बोकेको कांग्रेसको महाधिवेशन प्रतिबन्धित अवस्थामा समेत नियमित रूपमा हुँदै आएको थियो। कांग्रेसको विधानमा पार्टीका सबै तहका पदाधिकारी तथा सदस्यहरूको पदावधि चार वर्षको हुने स्पष्ट व्यवस्था छ। कांग्रेसको १३औं महाधिवेशन २० देखि २३ फागुन २०७२ मा भएको थियो। असाधारण परिस्थितिमा बढीमा एक वर्षसम्म बढाउन सकिने विधानले दिएको अधिकार प्रयोग गर्दा २०७७ फागुनसम्ममा १४औं महाधिवेशन भइसक्नुपर्ने थियो।
यस्तै, संविधानमा भएको असामान्य अवस्थामा थप ६ महीना बढाउन सकिने अवधि गणना गर्दा पनि गत भदौभित्र कुनै पनि हालतमा कांग्रेसका सबै तहका महाधिवेशन सम्पन्न भइसक्नुपर्थ्यो। कांग्रेस राजनीतिलाई नजिकबाट नियालिरहेका प्राध्यापक कृष्ण खनाल सरकारको नेतृत्व गरिरहेको कांग्रेसकै कानूनी हैसियत समाप्त भइसकेको बताउँछन्। 'मुलुकको संविधान र पार्टी विधान अनुसार आजको मितिमा कांग्रेस अस्तित्वमा छैन,' उनी भन्छन्, 'वडाको अधिवेशन शुरू गरिसकेका छौं, त्यसकारण महाधिवेशन जहिले सम्पन्न गरे पनि हुन्छ भन्नु राजनीतिक बेइमानी र तदर्थवादको नमूना हो।'
यसरी त कसरी चल्ला र देश ?
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया