महाराष्ट्रमा ४ दिनदेखिको ‘राजनीतिक नाटक’ को अन्त्य, फडणवीसले दिए राजीनामा

Agency

भारतको महाराष्ट्रमा चार दिनदेखि चलिरहेको ‘राजनीतिक नाटक’ को अन्त्य भएको छ। मंगलबार बहुमत सिद्ध गर्ने दिन भारतीय जनता पार्टी (बिजेपी)का मुख्यमन्त्री देवेन्द्र फडणवीस र राष्ट्रवादी भारतीय कंग्रेस (राकपा) का नेता उपमुख्यमन्त्री अजित पवारले पदबाट राजीनामा गरे।

यो घटनापछि महाराष्ट्रमा लगातार दोस्रो कार्यकालका लागि मुख्यमन्त्री पद सम्हाल्ने फडणवीसको सपना चकनाचुर भएको छ भने बिजेपीलाई पनि नराम्रो धक्का लागेको छ।

गत शनिबार राकपाका नेता अजित पवारलाई आफ्नो समूहमा तानेको बिजेपीले फडणवीसलाई मुख्यमन्त्रीको पद तथा गोपनियतामा सपथ लिन लगाएको थियो।
फडणवीसले मंगलबार महाराष्ट्रका गर्भनर भगतसिंह कोश्यारीलाई राजीनामा बुझाएका छन्।

उनले आफूसँग बहुमत सावित गर्ने नम्बर नभएको बताउँदै शिव सेना, राकपा र भारतीय कंग्रेसको गठ्जोडले बन्ने सरकार लामो समय नटिक्ने बताए। ‘जनताले बिजेपीलाई ७० प्रतिशत र शिव सेनालाई ४० प्रतिशत मत दिएका हुन्। तर, उनीहरूले किचलो निकाले’, फडणवीसले पत्रकार सम्मेलनमा भने।

मंगलबार बिहान सर्वोच्च अदालतले महाराष्ट्रको विषयमा फैसला सुनाउँदै बुधबार राती ५ बजेसम्म बहुमत सिद्ध गर्न आदेश दिएको थियो। यसपछि प्रधानमन्त्री नरेन्द्र मोदी, बिजेपी अध्यक्ष अमित शाह र कार्यकारी अध्यक्ष जेपी नड्डाको बैठक बसेको थियो। २ घण्टा लामो बैठकपछि फड्णवीसलाई राजीनामा गर्न लगाइएको थियो।
सोमबार राती विपक्षी दलले मुम्बईको ग्रान्ड हयात होटलमा १ सय ६२ विधायकसँगै शक्ति प्रदर्शन गरेको थियो।

प्रकाशित मिति: : 2019-11-26 17:18:54

प्रतिकृया दिनुहोस्