मेक्सिकोको बारमा गोली चल्यो, विभिन्न स्थानमा कम्तिमा १५ जनाको मृत्यु

मेक्सिकोको विभिन्न स्थानमा भएका हिंसात्मक घटनामा परि कम्तिमा १५ जनाको मृत्यु भएको छ।

मेक्सिकोको गुआदालाजारा राज्यको सालामान्का शहरमा एउटा रात्रि क्लबमा अज्ञात समूहले बन्दूक तथा ग्रिनेड आक्रमण गर्दा कम्तिमा ६ जनाको घटनास्थलमा नै मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। घटनामा परी दर्जनौ व्यक्ति घाइते भएका छन्।

त्यसैगरी मोन्टेरे शहरमा लागूऔषध कारोबार गर्ने एक समूह र सेनाबीच झडपपछि गोली चल्दा सात जना शङ्कास्पद लागूऔषध कारोबार र अन्य एक व्यक्तिको मृत्यु भएको यहाँको सुरक्षाकर्मीले पुष्टि गरेको छ।

प्रकाशित मिति: : 2019-03-10 00:04:51

प्रतिकृया दिनुहोस्